logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने १३ सवारी नियन्त्रणमा

    अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने १३ सवारी नियन्त्रणमा

    1.9K
    Shares

    तनहुँ । अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तनहुँका विभिन्न स्थानीय तहमा अवैधरूपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले चार एक्साभेटर, दुई जेसिभी, चार ट्याक्टर र तीन टिपर नियन्त्रणमा लिएको हो ।

    म्याग्दे गाउँपालिका–५ छाङ्पाटनमा नदी बगरबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ग१क २८७९ को जेसिभीलाई नियन्त्रणमा लिइएको छ । उक्त सवारीलाई कारवाहीका लागि पठाइएकामा म्याग्दे गाउँपालिकाले रु २० हजार जरिवाना गरेको छ ।
    व्यास नगरपालिका–७ गलमखोलास्थित सामुदायिक वनको निषेधित क्षेत्रमा अवैधरूपमा ढुङ्गा उत्खनन गर्दै गरेको अवस्थामा ना १ क ६२५२ नम्बको एक्साभेटरसहित ग १ त ६०९८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि पठाइएकामा व्यास नगरपालिकाले रु २० हजार जरिवाना गराएको छ ।

    भीमाद नगरपालिका–५ एक्ले भन्ने ठाउँमा बिनाइजाजत गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा एक्साभेटरसहित बालुवा लोड गरेको ग १ त ४०६१ नम्बरको टिपरलाई नियन्त्रणमा लिइएको छ । शुक्लागण्डकी नगरपालिका–८ मा रहेको जमिनबाट बिना इजाजत ढुङ्गा, माटो उत्खनन गरिरहेको अवस्थामा ग१क ३४३५ नंको एक्साभेटरसहित लोड गरिरहेका ग१त ३१९०, ग१त ३४२१ र ग१त ३०७० नंको ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि शुक्लागण्डकी पठाइएकामा रु ५६ हजार जरिवाना भएको छ ।

    त्यस्तै शुक्लागण्डकी नगरपालिका–९ छहरा स्थितमा रहेको जमिनबाट बिनाइजाजत अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ग १ क ३७८८ नम्बरको एक्साभेटर र ग १ क ३१७५ नम्बरको जेसिभीसहित ग १ क ३२५२, ग १ क ३२५१ नम्बरको टिपरलाई नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिका बुझाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend