काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि तय भएको छ। बैठकको कार्यसूचीको अन्तिम टुंगो कार्यव्यवस्था परामर्श समितिले लगाउने छ । यद्यपि बैठकमा राष्ट्रिय सरोकारका विषयमा जानकारी दिइने संसद सचिवालयले जनाएको छ ।
समितिका अनुसार बैठकमा राष्ट्रिय सरोकारका विषयमा जानकारी दिइने छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध तत्कालीन नेकपाका प्रचण्ड–माधव समूहले अविश्वास प्रस्ताव पेश गरेपछि सहज रूपमा बस्न नसकिरहेको बैठक सर्वोच्चको फैसलाका कारण एमाले र माओवादी केन्द्र पुरानै हैसियतमा फर्किएपछि भने बैठक बस्ने सहमति जुटेको हो।
एमाले सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता लिएपछि मुख्यमन्त्रीको पद सुरक्षित भएको छ । वाग्मती प्रदेशमा सरकार निर्माणका लागि एमालेसँगै बहुमत छ ।