logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • कर्णाली प्रदेशमा एमालेका तीन‌ मन्त्रीहरुले दिए राजीनामा

    कर्णाली प्रदेशमा एमालेका तीन‌ मन्त्रीहरुले दिए राजीनामा

    5.3K
    Shares

    काठमाडौं।  कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीन जना‌ मन्त्रीहरुले राजीनामा दिएका छन्। 

    मन्त्रीहरु दल रावल, प्रकाश ज्वाला र नन्दसिंह बुढाले मंगलबार राजीनामा दिएका हुन्। 

    राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । राजीनामा दिने तीनै  मन्त्री एमालेको खनाल-नेपाल पक्षका हुन्।

    उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend