logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा बागमती प्रदेशमा खनाल-नेपाल समूहले बनायो समानान्तर कमिटी

    अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा बागमती प्रदेशमा खनाल-नेपाल समूहले बनायो समानान्तर कमिटी

    1.8K
    Shares

    काठमाडौं।  नेकपा एमालेको खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । 

    उक्त समूहले मंगलबार  शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । 

    कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन्।

    कमिटीको सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् ।

    पार्टी अध्यक्ष केपी ओलीले पार्टीमा एकलौटी ढंगले कमिटीहरुमा नियुक्ति गरेपछि रुष्ट रहेको यो समूहले प्रदेश, जिल्लाहरुमा समानन्तर कमिटीहरु गठन गर्दै आइरहेको छ। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend