logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • रुकुम पुगेर प्रचण्डले भने : मलाई लक्षित गरेर बम हान्नेलाई गृहमन्त्री बनाएर ठुलो गल्ति गरेँ

    रुकुम पुगेर प्रचण्डले भने : मलाई लक्षित गरेर बम हान्नेलाई गृहमन्त्री बनाएर ठुलो गल्ति गरेँ

    3.1K
    Shares

    काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा आफूविरुद्ध विभिन्न गतिविधि गर्न खोज्नेलाई महत्वपूर्ण जिम्मेवारी दिएर गल्ति गरेको भन्दै आत्मालोचना गरेका छन्। 

    मंगलबार रुकुमको सभालाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री रहेका रामबहादुर थापा बादललाई संकेत गर्दै अध्यक्ष प्रचन्डले भने, ‘२०७० सालको निर्वाचनमा मलाईनै लक्षित गरेर बम प्रहार गर्ने व्यक्तिलाई उदारता देखाएर गृहमन्त्री बनाउनु मेरो ठुलो गल्ति भयो। म यो आत्मालोचना गर्न तपाइँहरु सामु आएको हुँ। अब यस्तो गल्ति दोहोर्याउँदिन।’

    केहि मान्छेहरुले प्रचण्ड कमजोर भएको भन्ने आफूले सुनेको भन्दै अध्यक्ष प्रचण्डले आफू कमजोर नभएर झन् शक्तिशाली भएको बताए। 

    प्रचण्डले अब आफू जनताको साथमा रहने भन्दै राजधानीमा कम र जिल्ला र जनताको बीचमा बढी रहने उद्घोष गरे। 

     

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend