logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सौन्दर्य प्रतियोगीताको मञ्चमै झगडा, उपाधि विजेता प्रतियोगी घाइते

    सौन्दर्य प्रतियोगीताको मञ्चमै झगडा, उपाधि विजेता प्रतियोगी घाइते

    3.4K
    Shares

    आइतवार पुष्पिका डिसिल्भाले सौन्दर्य प्रतियोगीता मिसेस् श्रीलङ्का सन् २०२१ को उपाधि हात पारीन्।  त्यसको केही समयपछि सन् २०१९ की विजेता क्यारलाइन जुरीले उनको ताज खोसिन्। जुरीले प्रतियोगिताको नियमानुसार प्रतिस्पर्धी विवाहित हुनुपर्ने भन्दै उनको ताज खोसेको बताइन्। ‘पारपाचुके भएका महिलाले प्रतियोगितामा भाग लिन नपाउने नियम छ। 

    तर आयोजकहरूले उनको सम्बन्धविच्छेद नभएको पुष्टि भएको भन्दै उक्त ताज डिसिल्भालाई फिर्ता दिएका छन् । आफू छुट्टै बसे पनि सम्बन्धविच्छेद नभएको बताउने डिसिल्भासँग आयोजकहरूले माफी मागेका छन्। फेसबुक पोस्टमा डिसिल्भाले टाउकोमा लागेको चोटका कारण अस्पताल जानुपरेको उलेख गरेकी छिन्। आफूमाथि भएको अनुचित र अपमानजनक व्यवहारका लागि कानुनी कदम चाल्ने पनि उनले बताएकी छिन्।

    मिसेस श्रीलङ्काका राष्ट्रिय निर्देशकले मङ्गलवार डिसिल्भालाई ताज फिर्ता दिइने बताए । हामी निराश छौँ,उनले भने। मञ्चमा क्यारलाइन जुरीले जुन व्यवहार गरिन त्यो अपमानजनक थियो र मिसेस वर्ल्ड संस्थाले यो विषयमा छानबिन सुरु गरिसकेको छ। बीबीसी

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend