काठमाडाैं । नेकपा एमालेको माधव नेपाल समूहले सुदूरपश्चिममा भीम रावलको संयोजकत्वमा समानान्तर कमिटी निर्माण गरेको छ । मंगलबार र बुधबार बसेकाे बैठकले समानान्तर कमिटी बनाएको हो ।
कमिटीमा दार्चुलाबाहेक प्रदेशका ८ जिल्लाको जिम्मेवारी तोकिएको छ ।
कैलाली अध्यक्षमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशी, बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह र बाजुरामा गगन रावललाई जिम्मेवारी दिइएको छ ।