काठमाडाैं । गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन । प्रदेश सरकारलाई दिएको विश्वासको मत भने तत्काल फिर्ता नलिने उक्त पार्टीले जनाएको छ ।
पार्टीको निर्देशन अनुसार आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर पुनले राजीनामा दिने भएका हुन् ।
बुधबार भएको संसदीय दलको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो ।