logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • गण्डकी सरकारबाट बाहिरियो माओवादी केन्द्र : दुई मन्त्रीद्वारा राजीनामा

    गण्डकी सरकारबाट बाहिरियो माओवादी केन्द्र : दुई मन्त्रीद्वारा राजीनामा

    2.8K
    Shares

    पोखरा । नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रतिनिधित्व गरेका थिए ।
     
     गण्डकी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत बुधबारको पहिलो बैठकमा माओवादी केन्द्र संसदीय दलका तर्फबाट मन्त्री चुमानले पार्टी संसदीय दलको निर्णयानुसार आजै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा बुझाएको जानकारी दिए। पार्टी दुई भइसकेको अवस्थामा पछिल्ला समयमा भइरहेका गतिविधिलाई सरकारभित्र रहेर विरोध गर्न नैतिक प्रश्न उठ्ने अवस्थासमेत रहेकाले सरकारबाट बाहिरिने निर्णयमा पुगेको उनले स्पष्ट पारे।
     
     नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको जगमा सङ्घीयता, धर्म निरपेक्षता, समावेसी समानुपातिक प्रतिनिधित्व जस्ता धेरै महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै चुमानले यसको कार्यान्वयनका लागि आफूहरू निरन्तर क्रियाशील बनेको बताए । सरकारमा रहँदा संविधानको कार्यान्वयनका लागि हरतरहले क्रियाशील बनेको उल्लेख गर्दै उनले आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी लिने क्रममा ४६ वटा संशोधनसहितका कानून निर्माणलगायतका महत्वपूर्ण उपलब्धि हासिल भएको जानकारी दिए ।

    माओवादी केन्द्रको संसदीय दलको बैठकले बुधबार मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो । २०७४ फागुन ४ देखि थापा र चुमा मन्त्री रहँदै आएका थिए । 

    गण्डकी प्रदेशमा ६० सदस्य प्रदेशसभामा एमाले २८, कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादी २ सदस्य छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend