काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले संसदले काम गर्न नसकेमा सभामुखमाथि प्रश्न उठ्ने बताएका छन् । ‘संसदले काम गर्न सकेन भन्ने प्रश्न उठ्छ भने, संसदको पदाधिकारी सभामुखमाथि पनि प्रश्न उठ्छ ।’ उनले भने, ‘सरकारमाथि मात्र प्रश्न उठ्दैन ।’
प्रतिनिधिसभाको विधेयक अधिवेशनमा एउटा पनि विधेयक पारित नभएको र संसदले काम गर्न नसकेको दोष सरकारको भन्दा सभामुखको बढी हुने बताए । उनले सभामुखलाई विषेश भूमिका खेल्न पनि आग्रह गरे ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा पण्डितले एउटा पनि विधेयक पारित नभएकोमा असन्तुष्टि पनि जनाए ।