logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड, करिब १३ लाखकाे हात खाली

    सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड, करिब १३ लाखकाे हात खाली

    7.7K
    Shares

    काठमाडाैं । सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड भएकाे छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ बजे आईपीओ बाँडफाँड भएको हो ।

    आईपीओमा १५ लाख ६५ हजार ५३० आवेदकबाट शेयर माग भएको थियो । त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको छ । आवेदकमध्ये २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् ।

    १२ लाख ९० हजार १०२ जनाको हाल खाली भएको छ ।

    गएकाे चैत ६ गते कम्पनीकाे २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि बिक्री खुला गरिएकाे थियाे । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend