logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • श्रीलङ्कामा सौन्दर्य प्रतियोगीतामा झगडा गर्ने मिसेस वर्ल्ड पक्राउ

    श्रीलङ्कामा सौन्दर्य प्रतियोगीतामा झगडा गर्ने मिसेस वर्ल्ड पक्राउ

    3.1K
    Shares

    ‘मिसेज श्रीलंका २०२० विजेता क्यारलाइन जुरीलाई र र मोडल चोला पाडमेन्ड्रालाई प्रहरीले प्रकाउ गरेको छ । श्रीलंकामा गत आइतबार भएको सौन्दर्य प्रतियोगिता ‘मिसेज श्रीलंका’ २०२१ को उपाधि जितेकी पुष्पिका डिसिल्भाले ताज पहिरिएको केहि समयमै जुरीले उनको ताज खोसेर अर्की प्रतिस्पर्धीलाई लगाइदिएकी थिइन् ।

    आफूमाथि भएको अनुचित र अपमानजनक व्यवहारका लागि कानुनी कदम चाल्ने डिसिल्भाले बताएकी थिइन्। सो घटना आपराधिक भएको भन्दै  जुरी र र मोडल चोलालाई  प्रहरीले पक्राउ गरेको छ। 

    जुरीले सम्बन्धविच्छेद भइसकेको भन्दै उनलाई उपाधि दिनु नहुने दाबी गर्दै ताज खोसेकी थिइन् । डिसिल्भाले भने आफू श्रीमानसँग छुट्टिएर बसेको तर सम्बन्धविच्छेद भने नभएको बताएकी छिन् ।

    मञ्चमै झगडा परेपछि पुष्पिका डिसिल्भाको टाउकोमा चोट समेत  लागेको थियो। त्यस्तै डिसिल्भालाई उपाधिको ताज पुनः पहिराइने आयोजकले जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend