logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • प्रचण्डलाई ओलीले लात हानेर ठिक्क भाछ : सभापति देउवा

    प्रचण्डलाई ओलीले लात हानेर ठिक्क भाछ : सभापति देउवा

    4.6K
    Shares

    काठमाडौं।  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलैमा बिचार नपुर्‍याउँदा अहिलेको अवस्था आएको बताएका छन्। 

    शुक्रबार निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै देउवाले प्रचण्डले खुट्टा टेक्न नसकेका कारण प्रधानमन्त्री केपी ओलीलाई फाइदा भएको बताए। 

    चुनावपछि प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरेकोमा अश्वीकार गरि ओलीलाई सत्ता बुझाएको देउवाको भनाइ थियो। 

    ‘मैले कतिपटक आफै प्रधानमन्त्री बन्नुस भन्दा नमान्ने । आफैले ओलीलाई सत्ता बुझाउने । खुट्टै नटेक्ने मान्छे अहिले ओलीले लात हानेपछि ठिक्क भाछ । वास्तविकता यही हो’, देउवाले भने । 

    देउवाले चुनावमा जानुपर्ने बाध्यता हुन सक्ने पनि बताए । ‘चुनावबाहेक अर्को बाटो नहुन सक्छ । चुनावमा जानुपर्ने बाध्यता हुन सक्छ । चुनावमा गएर जितेर हाम्रो सरकार बनाउनुपर्छ,’ उनले भने ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend