काठमाडाैं । नयाँ सत्ता समीकरणका लागि माओवादी केन्द्र र जसपा र नेपाली कांग्रेसबीच छलफल सुरु भएकाे छ । छलफल देउवा निवास बूढानिलकण्ठमा केहीबेर अघि सुरु भएकाे हाे ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पाैडेल, कृष्ण सिटाैला, शशांक काेइराला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ र जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अर्का अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर सहभागी छन् ।
सभापति देउवाले शुक्रबार दिउँसो तीन बजेका लागि तीन दलको बैठक आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका थिए । तीन बजेका लागि बाेलाइएकाे बैठक केही समय ढिलाे गरी सुरु भएकाे हाे ।
याे पनि पढ्नुहाेस् ।
देउवाले बाेलाएकाे छलफलमा सहभागी हुनुअघि जसपा नेताहरुबीच भेटघाट
बूढानिलकण्ठ बैठक : यसकारण कठीन छ विपक्षी गठबन्धन