logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रभू साह भन्छन् : प्रचण्ड अवसरबादी नेता हुन्, हामीमाथि कारबाहीको कुनै अर्थ छैन (भिडियोसहित)

    प्रभू साह भन्छन् : प्रचण्ड अवसरबादी नेता हुन्, हामीमाथि कारबाहीको कुनै अर्थ छैन (भिडियोसहित)

    5.8K
    Shares

    काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता तथा शहरी विकास मन्त्री प्रभु शाहले आम नागरिकले सरकारको स्थायित्व चाहेको र यो अहिलेको सरकारले पूरा गर्ने बताएका छन् । मन्त्री शाहले अहिले केही स्वार्थी मानिसहरुको स्वार्थ पूरा नहुँदा अहिलेको यो स्थितिको सिर्जना भएको बताए ।

    पूर्व माओवादी केन्द्रका नेता साह सर्वोच्च अदालतले नेकपा एकता अवैधानिक भएको भनी पूर्ववत् अवस्थामा फर्काएपछि नेकपा एमालेमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा लागेका छन् । नेकपा माओवादी केन्द्रले कारबाहीसमेत गरेको अवस्थामा मन्त्री साह भन्छन् ‘प्रचण्डले हामीलाई कारबाही किन गर्ने ? अध्यक्ष र प्रधानमन्त्रीको लोभमा आफू पार्टी एकता गर्ने अनि स्वार्थ पूरा नभएपछि पछाडि फर्किने ? यस्तो आफ्नो अवस्था छ । हामीलाई चाहीँ कारबाही गर्ने ?’ प्रचण्डले गरेको कारबाहीको कुनै अर्थ नभएको पनि उनको भनाइ रहेको छ ।

    उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवसरबादी भएको पनि जिकिर गरे । उनले हामी पुनः पछाडि फर्कन नसक्ने उदाहरणसहित नेकपाबाट एमाले भएको र माओवादीबाट नेकपा प्रचण्डले बनाएकोले माओवादीबाट आफूहरु एमालेमा गएको भन्न नमिल्ने पनि बताए । उनले अब पूर्ववत् अवस्थामा फर्किएको माओवादी केन्द्र २ वर्ष अगाडिको जस्तो पनि नरहेको दाबीसमेत गरे ।

    हेर्नुहोस् भिडियो :

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend