logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई ५० हजार देखि पाँच लाखसम्मको जरिवाना 

    गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई ५० हजार देखि पाँच लाखसम्मको जरिवाना 

    2.9K
    Shares

    काठमाडौं । गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई अब ५० हजार रुपैयाँदेखि पाँच लाखसम्मको जरिवाना र पाँच वर्ष कैदको व्यवस्था गरिएको छ । यो समाचार आजको कारोबार दैनिकले प्रकाशित गरेको छ । 

    एक हजार जरिवाना लिइँदै आएकोमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७७ मा परिमार्जनको प्रस्ताव गर्दै जरिवाना वृद्धिको प्रस्ताव गरिएको हो ।

    उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने गरी अखाद्य उत्पादन गर्नेलाई सो जरिवाना र कैदको व्यवस्था गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विद्यमान खाद्य ऐन २०२३ लाई परिमार्जन गरेर समसामयिक बनाएको छ ।

    बजारमा हुने गलत क्रियाकलाप नियन्त्रण गर्नका लागि ऐनमा जरिवाना रकम बढाइएको विभागले जानकारी दिएको छ ।

    ऐनको मस्यौदा तयार गरेर संसदको राष्ट्रिय सभामा पेश गरेको छ । विभागका महानिर्देशक उपेन्द्र रायले खाद्य ऐनलाई परिमार्जन गरेर कसुर अनुसार ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend