logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • ड्रग ओभरडोजका कारण डिएमएक्सको निधन

    ड्रग ओभरडोजका कारण डिएमएक्सको निधन

    3.6K
    Shares

    अमेरिकी हिपहप आइकन डिएमएक्सको निधन भएको छ । उनको ५० वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको हो। उनलाई गत अप्रिल २ मा ड्रग ओभरडोजका कारण ह्वाइट प्लेन्समा रहेको उनको घरमा हृदयघात भएको थियो ।

    एक हप्ता बाट व्हाइट प्लेन्स अस्पतालमा उपचारत डिएमएक्सको परिवारले एक  विज्ञप्ति जारि गर्दै उनको मृत्युको घोषणा गरेका छन् । करियरको दौडानमा डिएमएक्सले तीन ग्रामी अवार्ड जितेका थिए । म्युजिक बाहेक उनले चलचित्र बेली, फास्ट एण्ड फियर्स , डेथ रेस र रोमियो मस्ट डाइ जस्ता १५ बढि सफल फिल्ममा अभिन्य गरेका थिए ।

    उनले साउथ पार्क, मोशा, फ्रेश अफ द बोट एण्ड इभ जस्ता टिभी सोमा पनि भूमिका निभाएका थिए। डिएमएक्सको निधनप्रति संगीत क्षेत्रका कलाकार,  फिल्म स्टार, तथा उनका फ्यानले शोक ब्यक्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend