logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • जसपाको छलफल अझै ३/४ दिन चल्ने 

    जसपाको छलफल अझै ३/४ दिन चल्ने 

    2.5K
    Shares

    काठमाडौं । प्रधानमन्त्रीबिरुद्ध उभिन दबाब बढे पछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ । 

    आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकरिले बिहिबार भएको ३ दल बीचको बार्ता बारे छलफल गरेका हुन् । बैठक पछि संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार बिरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३/४ दिन अझै चल्ने बताएका हुन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवास बालुवाटारमा माओवादी केन्द्र र जसपा नेताहरुलाई बोलाएर नयाँ सत्ता समीकरणका सन्दर्भमा ठोस निर्णयसहित आउन प्रस्ताव गरेका थिए । कांग्रेस सभापति देउवाले माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएर र जसपालाई विपक्षी गठबन्धन निर्माणका सम्बन्धमा ठोस निर्णय गरेमात्र अगाडि बढ्न सकिने धारणा राखेका थिए ।

    नयाँ सत्ता समीकरणको लागि कांग्रेसलाई साथ दिने कि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै साथ दिएर जाने भन्ने विषयमा जसपामा दुई धार छ। अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतका पूर्वराजपा पक्षका नेताहरु ओलीसँग मिलेर आफ्ना माग सम्बोधन गर्नुपर्ने पक्षमा छन् । अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायत पूर्वसमाजवादीतर्फका नेता भने ओलीलाई जसरी पनि हटाउने र नयाँ सत्ता समीकरणका लागि विपक्षी गठबन्धन बनाउनुपर्ने पक्षमा छन् । 

    जसपाभित्रको यो दुई धारकै कारण कांग्रेसले अग्रसरता लिन र माओवादीले समर्थन फिर्ता लिन सकेको छैन । दुवै दललाई जसपाले ओलीलाई नै सहयोग गरेर आफ्नो प्रयास विफल बनाइदिने हो कि भन्ने चिन्ता छ । किनकि, विपक्षी गठबन्धन बनाउन जसपाले सग्लो रहेर समर्थन गर्नुपर्ने हुन्छ भने ओलीलाई विश्वासको मत लिन जसपाको आधा संख्यामात्र पनि पर्याप्त छ । 

    नयाँ सरकार निर्माणका लागि संसदमा निर्णायक भूमिकामा रहेको जसपाको ठोस निर्णय आएसँगै वर्तमान अवस्थामा देखिएको राजनीतिक समस्याकाे हल हुने विश्वास लिइएको छ ।   


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend