काठमाडौं । प्रदेश नम्बर १ अन्तर्गत प्रदेश लोक सेवा आयोगले असिस्टेन सब-ईञ्जिनियरको ८१ पदका लागि दरखास्त आह्वान गरेको छ।
आयोगले सोमबार गोरखापत्रमा सूचना प्रकाशित गरी प्रदेश नम्बर १ अन्तर्गत विभिन्न गाउँपालिकाका लागि उक्त पदमा दरखास्त आह्वान गरेको हो ।
इच्छुकले वैखाख १९ गतेभित्र दरखास्त दिइसक्नुपर्नेछ। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले मात्र दरखास्त दिन पाउनेछन्।
स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक तर्फका पदहरूको खुला र समावेशी प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गर्न दरखास्त आह्वान भएको छ। परीक्षा केन्द्र विराटनगर तोकिएको छ।