काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश–२ को प्रदेशसभामा चार सांसदलाई माओवादी केन्द्रले बर्खास्त गरेको छ ।
बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ । पार्टीले बर्खास्त गरिसकेको भनी पत्र बुझाइसकेको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।
माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीरलाई बर्खास्त गरेको हो । २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएपनि स्पष्टिकरण नदिएका कारण उनीहरुलाई बर्खास्त गरिएको हो ।
पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिए पनि कारबाही गर्ने भएपछि उनीहरु स्पष्टीकरणको जवाफ नदिने निष्कर्षमा पुगेका थिए ।