logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • कालीकोटका ६०  वनमा आगलागी

    कालीकोटका ६०  वनमा आगलागी

    4.4K
    Shares

    कालीकोट । कालीकोट  जिल्लाका ६० वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको हो । जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन क्षेत्र काला पहाडमा परिणत भएको छ ।

    जिल्ला वन कार्यालय कालीकोटका निमित्त प्रमुख दीपकराज सन्ज्याल भन्छन्, “रोकथामका लागि कर्मचारी खटाइएको छ । कति बेला कहाँ आगलागी हुन्छ पत्तै हुँदैन ।” धेरै कर्मचारी आगलागी भएको क्षेत्रमा खटिएको र कति हेक्टर क्षेत्रफलमा आगलागी भयो भनेर यथार्थ तथ्याङ्क लिने काम भइरहेको भइरहेको उनले बताए। 

    प्रारम्भिक विवरणअनुसार करीब २०० हेक्टरमा आगलागी भएको छ । सबै कर्मचारी फिल्डबाट फर्किएपछि यथार्थ तथ्याङ्क आउने निमिक्त प्रमुख सन्ज्यालले बताइ । कालीकोटमा हाल २२० वटा सामुदायिक वन छन् । उपभोक्ताको असावधानीका कारणले सामुदायिक तथा सरकारी वनमा आगलागी भइरहेको छ ।

    आगलागी भएका कारणले कालीकोटका वायु प्रदूषण बढेको त्यसले बुढाबुढी तथा बालबालिकालाई असर गर्ने जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend