काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
वैशाख ६ गते ओलीले एमालेकाे केन्द्रीय कमिटी बैठक बोलाएकाे एक केन्द्रीय सदस्यले जानकारी दिए । बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने बताइएकाे छ ।
वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालकाे सहभागिता बिना ओलीले यसअघि फागुन २८ गते र चैत्र ७ गते आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाइसकेका छन् । ती बैठकमा गरेका निर्णयहरु फिर्ता हुनुपर्ने माग खनाल नेपालकाे रहेकाे छ ।
ती निर्णयहरु फिर्ता नगर्ने ओलीकाे अडान छ ।