logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • शक्ति बस्नेत भन्छन्– सरकारले संसदलाई ‘शो पिस’ मात्र बनाउने काम गर्‍याे 

    शक्ति बस्नेत भन्छन्– सरकारले संसदलाई ‘शो पिस’ मात्र बनाउने काम गर्‍याे 

    2.5K
    Shares

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले केपी ओली नेतृत्वको वर्तमान सरकारले संसदलाई ‘शो पिस’ मात्र बनाउन खोजेको बताएका छन् ।  

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले प्रधानमन्त्री ओलीले अध्यादेशबाट मुलुक चलाउने र संसदलाई ‘शो पिस’ बनाएर राख्ने प्रयास गरेपछि राजनीतिक वृत्तमा समस्या सुरु भएको बताएका हुन् । 

    उनले भने, ‘धेरै दिनदेखि संसद भित्र, संसदबाहिर संसदको प्रभावकारीताको बारेमा, विकास निर्माणको प्रसङ्गहरुमा छलफल चल्दै आइराखेको छ । अब केही दिनयता विभुषणमा अङ्कीत नक्साको बारेमा पनि अर्को छलफल थपिएको छ र आश्चर्यको कुरा यो छ सरकार बेखबर जस्तै छ । हल्का प्रतिक्रियामा आफ्नो जिम्मेवारी पुरा गरेको आत्मरति दिदैछ । यस्तो किन भइरहेको छ ? यस्तो किन हुँदैछ ? प्रश्नहरु उठिराखेका छन् । सरकार अध्यादेशको भरमा राज्य सञ्चालन गर्ने, बालुवाटारबाट प्रतिक्रियाहरु दिएर आफ्नो जिम्मेवारी पुरा गर्ने कुरामै रमाई राखेको त छैन ? या संसदको अस्तित्वलाई अझै स्वीकार गर्न गाह्रो परिराखेको छ । प्रश्नहरु यो भन्दा पनि अगाडि बढेर उठिराखेका छन् । सरकार संसदलाई एउटा शो पिस बनाएर मुलुकलाई अर्कै, प्रणालीमा अर्कै विधिमा त सञ्चालन गर्न खोजिराखेको त छैन ? यी र यस्तै प्रश्नहरु अझ गम्भिर बन्दै गइराखेका छन् । गम्भिर रुपमा उठिराखेका छन् । पाँच वर्षको निम्ति बहुमतको जनादेश सहित बनेको सरकारले जब संसदलाई असंवैधानिक ढङ्गले विघटन गर्ने एउटा दुस्प्रयास ग¥यो समस्या त्यहिंबाट शुरु भयो । मुलुकलाई प्रतिगमनको बाटोमा हिँडाउने कोशिस भयो समस्या त्यहिँबाटै शुरुभयो ।’ 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend