अमेरिकी पप गायिका तथा अभिनेत्री म्याडोनाले वेस्ट कोस्टमामा नयाँ घर किनेकी छिन् । ६२ बर्षीया म्याडोनाले २२ मिलियन अमेरिकी डलरमा गायक द विकेन्डको घर किनेकी हुन् ।
यस घरलाई द विकेन्डले सन् २०१७ मा २० मिलियन अमेरिकी डलरमा किनेका थिए । ६ रोपनीमा बनेको सो घरमा सात बेडरूम सहित नौँ बाथरूम रहेको छ । म्याडोनाले उनका ६ सन्तान सहित यस घरमा बसनको लागि खरिद गरेको बताएकी छिन् ।