logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • एमसीसी पास गर्न प्रधानमन्त्रीको हतारो, सभामुखमाथि प्रश्न ‘सरकारको प्रस्ताव रोक्ने अधिकार कसले दियो ?’

    एमसीसी पास गर्न प्रधानमन्त्रीको हतारो, सभामुखमाथि प्रश्न ‘सरकारको प्रस्ताव रोक्ने अधिकार कसले दियो ?’

    3.4K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीलाई संसदको कार्यसूचीमा नराखेको भन्दै सभामुख अग्निप्रसाद सापकोटामाथि असन्तुष्टी व्यक्त गरेका छन् । उनले सभामुख सापकाेटाले प्रतिनिधिसभा बन्धक बनाएकाे आराेपसमेत लगाए । 

    नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेला सम्बोधन गर्न सोमबार राष्ट्रियसभा गृह पुगेका प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने ‘प्रतिनिधिसभालाई बन्धक बनाइएको छ, पहिलो दिन प्रतिनिधिसभामा पेस गर्नुपर्ने अध्यादेशहरु सभामुखले पेश गर्न दिनुभएन ।  उहिले हामीले एमसीसी प्रस्तुत गरेका छौँ सभामुखले निर्णायार्थ पेश गर्नुहुन्न, के हो यो ? सभामुखले कुनै मर्यादा मान्नु पर्दैन ? सरकारले पेश गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई हुन्छ ? प्रधानमन्त्रीले सभामुखलाई प्रश्न गरे । 

    उनले यस विषयमा बाेल्नका लागि नेपाली कांग्रेससँग आग्रह पनि गरे । सरकारले संसदमा पेश गरेको प्रस्ताव निर्णयार्थ सभामुखले पेश नगर्दा नेपाली कांग्रेस चुप लागेर मुखमा पानी हालेर बसेकाे आराेप पनि लगाए । उनले भने, ‘सरकारले पेश गरेको चिज सभामुखले निर्णयार्थ संसदमा पेश गर्नु पर्दैन ? पेश नगर्ने ? उहाँलाई कानुनको संविधानको केही मतलब छैन ? थितिको विधिको केही मतलब छैन बलजफ्ती ! नेपाली काँग्रेस एक शब्द बोल्न सक्छ ? अहिलेको सरकार प्रतिगामी भयो रे तानाशाह भयो रे, सरकारले संसदमा पेश गरेको प्रस्ताव निर्णयार्थ सभामुखले पेश नगर्दा नेपाली कांग्रेस चुप लागेर मुखमा पानी हालेर किन बस्छ ?’ 

    प्रधानमन्त्री ओलीले सरकारले संसदमा गरेकाे प्रस्ताव पास गराैँ भने किन भन्नुहुन्न भनी प्रश्न पनि गरे । उनले नेपाली कांग्रेस पनि यही विषयका साँठगाँठ गरेर सरकारमा पुग्न खाेजेकाले केही नबाेलेकाे आराेप लगाए । उनले संसदमा अलाेकतान्त्रिक अभ्यास भइरहेकाे जिकीरसमेत गरे । उनले भने ‘निर्णयार्थ सभामुखले पेश नगर्ने अनि कोही पनि नबोल्ने अर्थात् यस्ता अलोकतान्त्रिक अभ्यासहरु भइरहेका छन् ।’

    सोमबार नै प्रतिनिधिसभा बैठकमा एमाले सांसद खगराज अधिकारीले एमसीसीलाई सभामुख अग्नि सापकोटाले अड्क्याएको र तुरुन्त एमसीसी संसदको विजनेश बनाउन माग गरेका थिए ।

    संसदमा र प्रधानमन्त्री ओलीले एमसीसीकाे विषयमा कुरा उठाएपछि एमाले नेता भीम रावलले एमसीसी पारित गर्नुपर्छ भन्दै संसदमा चिच्याउनेहरू सत्ता र कुर्सीका लागि मातृभूमिको चिरहरण गर्न उद्दत रहेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस किसिमकाे आराेप लगाएका हुन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend