काठमाडौं। प्रधानमन्त्री केपी ओलीले केही मान्छेले आफ्नो महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको स्याल हुइँया मच्चाएको बताएका छन्।
बुधबार प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘एकथरि मान्छे आफू प्रधानमन्त्री हुन पाइन भनेर प्रतिगमन भो भनेर कराइरहेका छन्, ओलीले भने, ‘अहिले त्यस्तै स्याल हुइँया चलेको छ। ’
ति व्यक्तिहरुले प्रतिगमन भनेको के हो भन्ने नै नबुझेको उनको भनाइ थियो। ‘अहिले कसैले संविधान खोसेको छैन, कसैले व्यवस्था खोसेको छैन, जनताको अधिकार खोसिएको छैन । लोकतन्त्रको मूल्य मान्यता तलमाथि परेको छैन अनि कसरी प्रतिगमन भयो ’ ,उनले प्रश्न गरे ।