logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता (पत्रसहित)

    मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता (पत्रसहित)

    3.1K
    Shares

    कास्की ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। 

    बिहीबार प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

    कांग्रेस, माओवादी र जसपाका २८ सांसदको हस्ताक्षरसहित प्रस्ताव दर्ता गरिएको हो । भावी मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ । 

    ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् भने काँग्रेस १५, माओवादी १२, जनमोर्चा तीन र जसपाका दुई र एक जना स्वतन्त्र सांसद रहेका छन् ।

    4.jpg

    3.jpg

    2.jpg

    1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend