बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

रुरु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् नतिजा 

रुरु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् नतिजा 

काठमाडाैं । रुरु जलविद्युत परियोजनाको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँट भएको हो । 

३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ताभन्दा बढी आवेदन दिएकामध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । गोलाप्रथाबाट बाँडफाँट गरिएको हो ।

आवेदन दिएका १५ लाख ९० हजार ८ सय ९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ८ हजार ५ सय ३५ जना आवेदकको आवेदन रद्द भएको छ ।

सीडीएस एन्ड क्लियरिङको https://iporesult.cdsc.com.np/बाट रिजल्ट हेर्न सकिन्छ । बिक्री प्रबन्धकको वेबसाइटबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend