logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • कोरोना संक्रमित भएका विद्यालय एक हप्ता बन्द गर्न काठमाडौं महानगरको आग्रह

    कोरोना संक्रमित भएका विद्यालय एक हप्ता बन्द गर्न काठमाडौं महानगरको आग्रह

    2.5K
    Shares

    काठमाडौं।  काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भएका विद्यालय एक हप्ताका लागि बन्द गर्न आग्रह गरेको छ। 

    शुक्रबार महानगरपालिकाको शिक्षा विभागले महानगरभित्रका विद्यालयहरूलाई एक पत्र पठाउँदै  कोभिड-१९ संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न गराउन आग्रह गरेको हो। 

    कोरोना संक्रमित भएको विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न र संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड कडाइका साथ पालना गर्न महानगरले अनुरोध गरेको छ। 

    kathmandu mahanagar.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend