logo

२०८० चैत्र ६ मंगलबार

logo
  • मंगलबार, ६ चैत्र २०८०
  • Breaking : कारवाही भोग्न तयार भएर फ्लोर क्रस गरेको हुँ : प्रकाश ज्वाला 

    Breaking : कारवाही भोग्न तयार भएर फ्लोर क्रस गरेको हुँ : प्रकाश ज्वाला 

    7.9K
    Shares

    काठमाडौं।  पार्टी ह्वीप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेका कर्णाली प्रदेशका एमाले सांसद प्रकाश ज्वालाले कारवाही भोग्न तयार भएकाे बताएका छन् । सुनौलो नेपालसँगको संक्षिप्त कुराकानीका क्रममा ज्वालाले यस्तो बताएका हुन् । 

    ‘पार्टीको कारबाही भोग्न तयार भएर नै यो कदम चालिएको हो ‘ उनले भने। 

    एमालेका ४ सांसदहरुले ‘फ्लोर क्रस’ गरेपछि मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् । 

    प्रदेश सभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिएका छन् । जसमा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन् ।

    शाहीको विपक्षमा मतदान गरेको एमालेका ४ सांसदले ह्वीप उल्लंघन गरेका हुन् । पार्टी ह्वीप उल्लंघन गर्ने एमाले सांसदहरुमा माधवकुमार नेपाल समूहका प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend