काठमाडौं । बालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठक सकिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले लामो समय राजनीतिक संकट निम्तिँदा अन्य क्षेत्रमा पनि असर पर्ने भन्दै छिटो गतिरोध अन्त्यका लागि पहल गर्न ओलीलाई सुझाव दिएको छ ।
बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस नेता रामचन्द्र पाैडेलले छिटो गतिरोध अन्त्यका लागि पहल गर्न सुझाव दिएकाे बताए ।
प्रधानमन्त्रीले संसदबाट कुनै पनि काम हुन नदिई सरकारलाई सभामुखले असहयोग गरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र) बाहेक सबै राजनीतिक दलका शीर्ष नेता सहभागी भएका छन् ।