logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • ह्विप उलंघन गर्ने एमाले सांसद पार्टीबाट निष्काशित

    ह्विप उलंघन गर्ने एमाले सांसद पार्टीबाट निष्काशित

    2.4K
    Shares

    काठमाडौं।  कर्णाली प्रदेशमा पार्टी ह्विप उलंघन गर्न्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका ४ सांसदलाई एमाले कर्णाली प्रदेशले पार्टी सदस्यसमेत नरहने गरी निस्कासन गरेको छ । 

    एक विज्ञप्ति जारी गर्दै एमाले कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले प्रदेशसभाका सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिएको जानकारी दिएका हुन् ।

    ‘निजहरुलाई २०७८ बैशाख ३ गतेदेखि लागु हुनेगरी पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निस्काशन गरिएको र नेकपा एमाले राष्ट्रिय महाधिबेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निस्काशित गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ ।’ बोगटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

    bogati.jpg

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend