logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • बादल पुनः गृहमन्त्री, आजै सपथ लिने

    बादल पुनः गृहमन्त्री, आजै सपथ लिने

    3.4K
    Shares

    काठमाडौं।  माओवादी केन्द्रबाट निष्कासित भइ सांसद र मन्त्रीबाट पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा बादल पुन: नियुक्त हुने भएका छन्। 

    प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।

    उनलाई पुन: गृहमन्त्रीमा नियुक्त गरि आजै साँझ ५ बजे सपथ खुवाउने तयारी भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । 

    माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेका हुन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend