logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • केपी ओलीको हार कर्णालीबाट सुरु भइसक्यो, अब सबैतिर पुग्छ : प्रचण्ड

    केपी ओलीको हार कर्णालीबाट सुरु भइसक्यो, अब सबैतिर पुग्छ : प्रचण्ड

    2.9K
    Shares

    चितवन।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको पराजयको यात्रा सुरु भएको बताएका छन्। 

    माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै प्रचण्डले कर्णाली प्रदेशबाट ओलीको हारको सुरुआत भएको बताएका हुन्। 

    ‘असंवैधानिक रूपमा संसद् विघटन गरेका केपी ओलीको हार कर्णालीबाट सुरु भइसक्यो, प्रचण्डले भने, ‘अब छिट्टै गण्डकी र लुम्बिनीमा पनि ओलीको हार हुन्छ।’

    गण्डकी र लुम्बिनीअघि केन्द्रमा नै ओलीको हार हुने उनले दावी गरे। 

    पार्टी एकता, बाम गठबन्धन र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने क्रममा आफूनै प्रस्तावक रहेता पनि ओलीले धोका दिएको प्रचण्डको भनाइ थियो। 

    कर्णाली प्रदेशमा एमालेका सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीले पार्टी ह्विप उलंघन गर्दै फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend