logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सहमति कार्यान्वयनमा ढिलासुस्ती भएपछि विप्लवले भेटे प्रधानमन्त्रीलाई

    सहमति कार्यान्वयनमा ढिलासुस्ती भएपछि विप्लवले भेटे प्रधानमन्त्रीलाई

    3K
    Shares

    काठमाडौं।  प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।  

    भेटमा नेपाल सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

    गत फागुनमा भएको सहमतिअनुसार कारागारमा रहेका आफ्ना नेता र कार्यकर्ता रिहा गर्ने काममा ढिलासुस्ती भएको भन्दै विप्लव प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन्। भेटमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी रहेको बताइएको छ। 

    सरकार र विप्लव नेतृत्वको नेकपाबीच गत फागुन २० गते ३ बुँदे सहमति भएको थियो।  उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् । 

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend