logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • गण्डकी प्रदेशकै उत्कृष्ट बन्यो जिल्ला प्रहरी कार्यालय स्याङ्जा

    गण्डकी प्रदेशकै उत्कृष्ट बन्यो जिल्ला प्रहरी कार्यालय स्याङ्जा

    9.9K
    Shares

    काठमाडौं – गण्डकी प्रदेशभरिका ११ जिल्ला प्रहरी कार्यालयमध्ये जिल्ला प्रहरी कार्यालय स्याङ्जा उत्कृष्ट जिल्ला प्रहरी कार्यालय छनौट भएको छ।

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय स्याङ्जा र एसपी होबिन्द्र बोगटीले माघ देखि चैतमा गरेको कार्य सम्पादन अब्बल भएको ठहरसहित प्रदेश प्रहरी कार्यालयको रेकर्डमा पहिलो नम्बरमा राखेको हो।

    वार्षिक कार्ययोजना अन्तर्गत कार्यालयले शान्ति, सुरक्षा, अपराध अनुसन्धान तथा कार्यालय व्यवस्थापन लगायतका क्षेत्रमा गरेका कार्यहरुको मूल्याङ्कनका आधारमा उत्कृष्ट छनौट गरिएको गण्डकी प्रदेशका एसएसपी मोहन प्रसाद पोखरेलले जानकारी दिए।

    ‘छनौट सम्बन्धी मूल्याङ्कन कार्यविधि–२०७७’ अनुसार उत्कृष्ट छनौट गरिएको एसएसपी पोखरेलले बताए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend