logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • २५ जना भन्दा बढी भेला हुन रोक लगाएर केन्द्रीय कमिटी बैठक राख्दै प्रधानमन्त्री ओली

    २५ जना भन्दा बढी भेला हुन रोक लगाएर केन्द्रीय कमिटी बैठक राख्दै प्रधानमन्त्री ओली

    3.9K
    Shares

    काठमाडौं ।  कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को साेमबार बसेको बैठकले सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यस्तै, रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत क्षेत्रहरु पनि बन्द गर्ने निर्णय भएको छ । यी क्षेत्रहरुमा भीडभाड बढी हुने भएकाले वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको हो। त्यस्तै, २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ। 

    तर प्रधानमन्त्री केपी ओलीले भने आजै एमाले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । नवौँ महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीमा थप केही सदस्य मनोनित गरि महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेका ओलीले झन्डै दुई सय सदस्य रहेको केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्। 

    बैठक यसअघि नै तय भएको भए पनि आफ्नै मन्त्रिपरिषदले गरेको निर्णयविपरित प्रधानमन्त्री ओलीले बैठक स्थगित गर्छन् या सञ्चालन गर्लान् त्यो भने हेर्न बाँकी छ। ओलीले बैठक संचालन गरे पनि माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ । 

    उता एमाले अनुशासन आयोगका अध्यक्ष अमृत बोहोराले आ–आफ्नै तरिकाले बैठक गर्दा पार्टी एकता कमजोर हुने भन्दै बैठक रोक्न आग्रह गर्दै पार्टी अध्यक्ष ओलीलाई पत्र नै पठाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend