logo

२०८० चैत्र ६ मंगलबार

logo
  • मंगलबार, ६ चैत्र २०८०
  • माधव नेपालसहित २० नेतालाई २ दिने चेतावनीयुक्त स्पष्टीकरण सोध्ने एमालेको निर्णय

    माधव नेपालसहित २० नेतालाई २ दिने चेतावनीयुक्त स्पष्टीकरण सोध्ने एमालेको निर्णय

    4.3K
    Shares

    काठमाडौं।  पार्टीको निर्णय विपरीत ‘फ्लोर क्रस’ गराउन भूमिका खेलेको आरोपमा नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालसहित २० जनालाई  स्पष्टीकरण सोधिने भएको छ। 

    आज (सोमबार) पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल, प्रकाश ज्वाला लगायत २० जनालाई २ दिने चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। 

    स्पष्टीकरण सोधेर कानूनमा मनासिब माफिकको सफाइ पेश गर्ने मौका दिइएको जनाइएको छ । उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारवाही गर्ने बताइएको छ ।

    कर्णाली प्रदेशमा नेपालपक्षका चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend