logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने

    2.8K
    Shares

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मंगलबारदेखि जारी स्थायी समिति बैठक आज पनि बस्ने भएको छ। पार्टी कार्यलय पेरिसडाँडामा बस्ने बैठक १ बजे सुरु हुनेछ ।

    मंगलबारको स्थायी कमिटीको बैठकले वर्तमान सरकारले राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्नेगरी बाह्य हस्तक्षेपलाई आमन्त्रण गरिरहेको भन्दै प्रतिगमनका विरुद्ध संघर्ष गर्ने, लोकतन्त्र पक्षधरहरुको सरकार बनाउन छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको थियो ।

    पहिलो दिनको बैठकमा अध्यक्ष पुपष्कमल दाहाल ‘प्रचण्ड’ र स्थायी समिति सदस्यहरुको रिर्पोटिङ भइसकेको छ। दोस्रो कार्यसूची विधान संशोधनसम्बन्धी छ। त्यस्तै यसअघि गठन गरिएको संगठनात्मक कार्यदलको कामबारे, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन गर्ने सन्दर्भबारे छलफल गर्ने कार्यसूची समेत रहेको छ।

    विविध विषय अन्तर्गगत कोभिड-१९ को दोस्रो लहरबारे निणयन्त्रण, विभिन्न पार्टीहरुसँग भइरहेको राजनीतिक वार्ताबारे छलफल गर्ने कार्यसूची समेत रहेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend