काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालको होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो । भेटमा के कुराकानी भयो भन्नेबारे खुल्न बाँकी रहेको छ ।
यद्यपि बुधबार साँझ भएको वार्तामा भने ठोस सहमति जुट्न सकेको थिएन । मेरियटमा बुधबार साँझ करिब साढे दुई घण्टा प्रधानमन्त्री ओली र नेपालबीच वान टू वान वार्ता भएको थियो ।
विधानविपरीत ओलीले पार्टी कब्जा गरेको आरोप नेपाल पक्षले लगाइरहेकाे बेलामा भएकाे याे वार्ता महत्वका साथ हेरिएकाे छ ।