काठमाडौं। नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने ४ जना सांसदहरुलाई कारवाही गरेको छ।
शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने कर्णालीका ४ जना सांसदहरुलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।
फ्लोर क्रस गरि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका सांसदहरु प्रकाश ज्वाला,अमरबहादुर थापा,नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारवाही गरिएको हो।