logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्म परिवर्तन, सर्वसत्तावाद हावी भयाे : कमल थापा 

    लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्म परिवर्तन, सर्वसत्तावाद हावी भयाे : कमल थापा 

    2.4K
    Shares

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्म परिवर्तन, सर्वसत्तावाद हावी भएको आरोप लगाएका छन् । उनले लाेकतन्त्र दिवसका दिन ट्वीटरमार्फत यस्ताे आराेप लगाएका हुन् । उनले दलहरुले राजसंस्थालाई धोका दिएको आरोपसमेत लगाएका छन् ।

    सम्झौताअनुसार राजाले राजनीतिक दलहरुलाई सत्ता हस्तान्तरण गरे पनि दलहरुले राजसंस्थालाई पाखा लगाएको उल्लेख गरेका छन् । 

    उनले लेखेका छन् ‘२०६३ साल आजकै दिन राजा र आन्दोलनकारी दलहरूबिच सम्झौता भएर आन्दोलन अन्त भएको थियो । सम्झौता अनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरे । तर, आन्दोलनकारी दलहरूले धोखा दिएर राजसंस्थालाई पाखा लगाए । अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend