logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • चर्चामा सलमानकाे ‘राधे’, गीत कपी भएपछि दर्शकले मागे अल्लु अर्जुनसँग माफी 

    चर्चामा सलमानकाे ‘राधे’, गीत कपी भएपछि दर्शकले मागे अल्लु अर्जुनसँग माफी 

    4.9K
    Shares

    काठमाडौं । बिहीबार सार्वजनिक गरिएको चलचित्रको ट्रेलर ‘राधे’ सार्वजनिक गरियो । एक्सनले भरिएको ट्रेलरलाई दर्शकले निकै रुचाएका पनि । अहिले चलचित्रको यो ट्रेलर युट्यूबको ट्रेन्डिङको पहिलो स्थानमा छ । तर, केही व्यक्तिले चलचित्रको विरोध गरेका छन् ।

    चलचित्रको ट्रेलरमा समावेश ‘सिटी मार’ बोलको गीत समावेश गरिएको छ । यो गीतलाई अल्लू अर्जुन स्टारर साउथ फिल्म ‘डिजे’ बाट कपी गरिएको हो । गीतमा सलमान र दिशाको नृत्य नसुहाएको भन्दै दर्शक निर्माण टिमसँग भड्किएका छन् । केही मानिसले चलचित्रलाई ‘बाइकट’ गर्न भन्दै सामाजिक सञ्जालमा अभियान नै चलाएका छन् ।

    एक सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्विटरमा लेखेका छन्, ‘अल्लु अर्जुन र पूजा हेगडेको ‘डिजे’ फिल्मको गीत ‘सीटी मार’ को हिन्दी रिमेक सलमान खानको ‘राधे’ मा । अब बलिउडले गीत समेत कपी गर्न सुरु गरेको छ । यो इन्डस्ट्रीमा अब केही मौलिकपन बाँकी रहेन ।’

    ‘सीटी मार’ लाई बिगारेको भन्दै केही दर्शकले अल्लू अर्जुनसँग बलिउडको तर्फबाट माफीसमेत मागेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend