logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • ‘अन्तिम पटक २०७२ सालमा धरहरा ढल्यो, अब ढल्दैन’ : प्रधानमन्त्री ओली 

    ‘अन्तिम पटक २०७२ सालमा धरहरा ढल्यो, अब ढल्दैन’ : प्रधानमन्त्री ओली 

    2.4K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास झल्किने गरी नयाँ प्रविधिको प्रयोग गरी धरहरा पुनर्निर्माण भएको बताएका छन् ।  पुनर्निर्मित धरहराको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अवधारणा अनुसार इतिहास झल्कने र प्रविधि टल्कने गरी बनेको बताए ।

    उनले धरहराको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउँदै भने, ‘अहिले पहिलाको जस्तो धरहरा देख्दा हामी सबैलाई खुसी बनाएको छ । यो धरहरा सुन्दर र आकर्षित तर मजबुद बनेको छ । हामीले ल्याएको अवधारणा अनुसार इतिहास झल्कने धरहरा पुनर्निर्माणमा जुट्ने सबैलाई हार्दिन धन्यवाद दिन्छु ।’

    नवनिर्मित धरहरा अब कहिल्यै नढल्ने दाबी पनि ओलीले गरेका छन् । यसको संरचना आफ्नै अवधारणा अनुसार डिजाइन भएको पनि उनले बताए ।

    ओलीले भने, ‘अब उप्रान्त धरहरा ढल्दैन । त्यो सुनिश्चितता गरेका छौं । अन्तिम पटक २०७२ सालमा धरहरा ढल्यो । त्यसबाट भएको क्षतिप्रति हामी संवेदनशील छौं ।’

    उनले आफ्नो शासनकाललाई विकासको गतिमा फड्को मारेको समयका रुपमा चित्रित गरेका छन् । उनले सडक पूर्वाधार निर्माणसहित पुनर्निर्माणका काम अघि बढेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend