काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सरकार देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।
आइतबार बसेको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि बोल्दै पार्टी प्रवक्ता समेत रहेका मन्त्री ज्ञवालीले देशभर लकडाउन गर्ने पक्षमा सरकार नरहेको जानकारी दिएका हुन्।
‘लकडाउनले कोरोना संक्रमणको जालो त तोड्छ तर त्यो दीर्घकालीन समाधान होइन। अर्थतन्त्र पनि भर्खर तंग्रिन लागेको छ,’ ज्ञवालीले भने,‘कोरोना बढ्यो भने स्थानीय स्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं।’, बैठकपछि सञ्चारकर्मीहरुसंग उनले भने।
कमिटीको बैठकले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको उनले जानकारी दिए ।