logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • गण्डकी प्रदेश : संकटमा जनमोर्चाका सांसद, केन्द्रको आदेश मान्ने कि कार्यकर्ताको चेतावनी सुन्ने !

    गण्डकी प्रदेश : संकटमा जनमोर्चाका सांसद, केन्द्रको आदेश मान्ने कि कार्यकर्ताको चेतावनी सुन्ने !

    4.4K
    Shares

    काठमाडौं । गण्डकी प्रदेशमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई राष्ट्रिय जनमोर्चाको मत निर्णायक हुने भएको छ।

    गण्डकीमा जनमोर्चाका तीन जना सांसद रहेका छन् । तत्कालिन समयमा एमालेसँग मिलेर चुनाव लडेकाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध मत हाल्ने पक्षमा जनमोर्चाका सांसद छैनन् । तर, उनीहरुलाई केन्द्रको आदेश मान्ने कि कार्यकर्ताको चेतावनी सुन्ने भन्ने संकट आइपरेको छ ।

    चुनावको बेला कांग्रेसविरुद्ध जानुपर्ने भन्ने तर अहिले फेरि कांग्रेसलाई समर्थन गर्ने भन्दै स्थानीय कार्यकर्ताले गाउँ पस्न नदिने, कार्यक्रम बहिष्कार गर्ने जस्ता धम्की दिएको जनमोर्चाका एक सांसदले बताए । 

    मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका २७ जना सांसद छन् । एक जना स्वतन्त्र सांसद दीपक मनाङेले पनि मुख्यमन्त्री गुरुङकै पक्षमा छन् । यदि जनमोर्चाका तीन सांसदले कार्यकर्ताको सुझाव मान्ने र केन्द्रको आदेशलाई अटेरी गर्ने हो भने प्रस्तावित मुख्यमन्त्री नेपालीलाई बहुमत पु-याउन मुस्किल देखिन्छ । यस्तो अवस्थामा गण्डकी प्रदेशमा जनमोर्चाको एक भोट पनि निर्णायक सावित हुनेछ ।

    गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत मुख्यमन्त्री पृथ्बीसुब्बा विरुद्ध अविश्वासको प्रस्ताव सोमबार नै टेबुल भएको छ । संसदमा अविश्वासको प्रस्ताव पेश भए पनि मतदानमा जाने समय सत्ता पक्षले जतिसक्दो धेरै लम्ब्याउन चाहान्छ भने विपक्षी दल तत्कालै टुंगो लगाउन चाहान्छ । 

    कांग्रेसको पक्षमा मतदान गरे बहिष्कार
    यही बैशाख १७ गते बागलुङको बरेङ गाउँपालिका ३ बाटाकाचौरका वडाध्यक्ष पूर्ण खनालको स्मृति दिवसमा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा संघीय सांसद सूर्य पाठक र जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा सहभागी हुने भएका छन् । तर, स्थानीय कार्यकर्ताहरुले उनीहरु सहभागी हुने कार्यक्रम बहिष्कार गर्ने बताएका छन् ।

    चुनावको समयमा कार्यकर्तालाई कांग्रेृसविरुद्ध हुन लगाउने र अहिले कांग्रेसलाई नै मत दिने निर्णय स्वीकार्य नहुने उनीहरुले बताउँदै आएका छन् । उनीहरुले प्रस्तावित मुख्यमन्त्री नेपालीलाई समर्थन गरे जनमोर्चाका सांसदलाई गाउँ पस्न समेत नदिने चेतावनी दिएका छन् ।

    वडा अध्यक्ष खनालको गत वर्ष बैशाख १७ गते निधन भएको थियो ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend