logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • पीसीआर परिक्षणको माग गर्दै एमालेले गर्‍यो गण्डकी प्रदेश सभाको बैठक अवरुद्ध

    पीसीआर परिक्षणको माग गर्दै एमालेले गर्‍यो गण्डकी प्रदेश सभाको बैठक अवरुद्ध

    2.3K
    Shares

    काठमाडौं।  पीसीआर परिक्षण गर्नुपर्ने माग गर्दै नेकपा एमालले गण्डकी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ।  मंगलबार संसद सुरु हुने बित्तिकै एमाले सांसदहरुले उठेर विरोध जनाएका हुन्।

    प्रदेश सभामा बोल्दै सांसद राजिव पहारीले कोरोना महामारीको समयमा कास्कीमा पनि निषेधाज्ञा जारी भइसकेको अवस्थामा पीसीआर परिक्षण संगै अन्य सुरक्षाका मापदण्ड अपनाएर मात्र प्रदेश सभा चलाउन माग गरेका छन्। 

    ‘आधा भन्दा बढी माननीयले कोभिडको डबल डोज लगाएको अवस्था छैन। कास्की जिल्लाले जारी गरेको सूचनामा पनि भीड नगर्नु भनेको छ। हेल्थ प्रोटोलक जारी नगरी संसद सुरु गर्दा कोरोना नफैलियोस्। कोरोना सरेर कोही माननीयको मृत्यु भयो भने के गर्ने ?’ बैठकमा बोल्दै पहारीले भने। 

    गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले भने यसअघि कार्यव्यवस्था समितिबाट सहमतिमा कार्यसूची तय गरिएकाले अवरोध नगर्न आग्रह गरेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend