हेटौंडा। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
मुख्यमन्त्री पौडेलले केशवराज पाण्डे, सुरेश नेपाल, सरस्वती बस्नेत र डा. रामकुमार अधिकारीलाई थप गरि मन्त्रिपरिषद विस्तार गरेका हुन्।
पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, बस्नेतलाई सामाजिक विकास मन्त्री र अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरिएको हो।
नवनियुक्त मन्त्रीहरुलाई आजै सपथ गराइने बताइएको छ।