काठमाडौं। कर्णाली प्रदेशमा नेकपा एमालेले जारी गरेको ह्विप उलंघन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने मन्त्रीहरुले पुन: सपथ लिएका छन्।
बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले तीन जना मन्त्रीलाई सपथ खुवाएका हुन्।
वैशाख ४ गते नियुक्त भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्री अम्मर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले बुधबार फेरि मन्त्रीको सपथ खाएका हुन्।
फ्लोर क्रस गरेका उनीहरुलाई एमालेले सांसदबाट पदमुक्त गरिसकेको छ ।