logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • गायव भएका सांसद शाहीको स्पष्टीकरण : बेहोस भएकाले सम्पर्कमा आउन सकिन

    गायव भएका सांसद शाहीको स्पष्टीकरण : बेहोस भएकाले सम्पर्कमा आउन सकिन

    2.5K
    Shares

    पोखरा।  बुधबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुने बेलामा सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीले आफू बेहोस भएकाले सम्पर्कमा आउन नसकेको बताएका छन्। 

    बिहीबार एक विज्ञप्ति जारी गर्दै शाहीले सदनमा जाने भनि तयारी गरिरहेका बेला अचानक बिरामी भएकाले अस्पताल गएको बताएका छन्।
     
    ‘म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा बेहोस भएछु ।’ उनले भनेका छन्। 

    उनले पार्टीको र संसदीय दलको बैठकले गरेका निर्णयमा आफू पनि सहभागी भएको र ती निर्णयमा आफ्नो सहमति कायम रहेको विज्ञप्तिमा उल्लेख गरेका छन्। 

    bigyati.jpg

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend